
ठमाडौँ, २६ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र इन्डिपिडेन्ट रिसर्च एण्ड इन्भेष्टमेन्ट कम्पनी (आईआरआईसी)बीच तालिम संचालन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौता पश्चात सिटिजन्स बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि आईआरआईसीले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ तालिमहरु प्रदान गर्ने छ ।
यसका साथै आईआरआईसीले आयोजना गर्ने विभिन्न किसिमका सम्मेलन, सेमिनार तथा कार्यशालाहरूमा बैंकको सहभागिता रहनेछ । अब आउने निकट भविष्यमा पनि कर्मचारीहरूको वृति विकासका निमित्त विभिन्न कार्यक्रमहरू संचालन गर्ने बैंकले जानकारी दिएको छ ।
बैंंकले देशभर रहेका ८१ वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करीब चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
यसका साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम् गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको समेत स्थापना गरिसकेको प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले जानकारी दिइन् ।















प्रतिक्रिया