शनिबार, ९ चैत २०७५
DainikNepal.com
शनिबार, ९ चैत २०७५

बुटवलमा लोक तथा दोहोरी गायिका गिरी सम्मानित

दैनिक नेपाल २०७५ फागुन २६ गते ९:५७

बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले लोक तथा दोहोरी गायिका भूमिका गिरीलाई सम्मान गरेको छ ।

बुटवलमा प्रतिष्ठानले आयोजना गरेको ‘पाँचौँ अर्ना राष्ट्रिय खुल्ला रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता’मा गायिका गिरीलाई सम्मान गरिएको हो । प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले गिरीलाई सम्मान पत्र प्रदान गरेका हुन् ।

सम्मान पाएपछि गायिका गिरीले आफू निक्कै हर्षित भएको बताएकी छिन् । ‘सम्मान पाएपछि एउटा गहन जिम्मेवारी बढेको आभास भएको छ’, उनले भनेकी छिन् ।

गायिका गिरीलाई देश तथा बिदेशमा भएका हरेक सांस्कृतिक कार्यक्रममा आफ्नो लोक गीत संगीतको दायराभित्र रहेर आफ्नै मौलिकता झल्किने भेषभुषा र अनुशासित गायिकाको रुपमा प्रतिष्ठानले सम्मानित गर्नुका साथै प्रमाणपत्र प्रदान गरेको हो ।

गायिका गिरीले भनेकी छिन्, ‘सम्मानले मलाई मात्र होइन कि आगामी लोक दोहोरी गीत संगीतमा नयाँ पाइला प्रवेश गर्ने पिँडीलाई पनि प्रेरित गरेको छ ।’

यो सम्मान पाउनेमा गायक बसन्त लम्साल पनि रहेका छन् । सम्मान पाएपछि लम्सालले पनि खुसी व्यक्त गर्दै आगामी दिनमा आफूमाथि थप जिम्मेवारी बढेको महशुस भएको प्रतिक्रिया दिएका छन् ।

गायिका गिरी र गायक लम्सालले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सम्पूर्ण कार्यसमितिलाई धन्यावाद पनि दिएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित