५ कार्तिक २०८३, बिहिबार

अभिनेत्री बर्षा सिवाकोटी भन्छिन्– मिलन चाम्स प्रेमी होइनन्, अभिभावक हुन्

5.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिल्मी बजारमा चलेको एउटा हल्लालाई अभिनेत्री बर्षा सिवाकोटीले नकारेकी छन् ।

निर्माता निर्देशक मिलन चाम्ससँग उनको प्रेम रहेको र बिहेसम्म हुने हल्लामा सत्यता नरहेको बताएकी बर्षाले एउटा अन्तरवार्तामा भनेकी छन्,‘फिल्म क्षेत्रमा उहाँ मेरो अभिभावक हो ।’

पत्रकारितामा खारिएर फिल्म निर्देशनमा उत्रिएका भिषण राई निर्देशित पुरानो बुलेटकी अभिनेत्री बर्षाका अनुसार उक्त फिल्मका लागि मिलनसँग सल्लाह गरिएको थियो ।

बर्षा केही समयअघि मिलनलगायतको टिमसँग ‘वीर विक्रम २’को प्रमोशनका लागि भन्दै युरोप पनि पुगेकी थिइन् । उनले उक्त फिल्म करिअरका लागि विशेष रहेको पनि अन्तरवार्ताका क्रममा बताएकी छन् ।