४ कार्तिक २०८३, बुधबार

बसुन्धारामा बम विस्फोट, दुई घाइते

7.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । काठमाडौंको बसुन्धारास्थित नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट भएको छ । शुक्रबार राति आठ बजेतिर बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

विस्फोटपछि आगलागी भएको छ । आगलागीमा परी दुई जना घाइते भएका महानगरीय प्रहरी वृत्त महाराजगन्जका इन्स्पेक्टर प्रकाश थापाले जानकारी दिए । आगलागी अहिले नियन्त्रणमा आइसकेको छ।

विस्फोट विप्लव समूहले गराएको हुनसक्ने आशंका गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।