४ कार्तिक २०८३, बुधबार

नेकपा सांसद मल्ललाई अपहरणमुक्त गर्न सीडीओसहितको टोली जाँदै

6.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । सुदूरपश्चिम प्रदेशकी नेकपा सांसद देवकी मल्ललाई अहरणमुक्त गर्न सीडीओसहितको टोली अपहरण स्थल तर्फ प्रस्थान गरेको छ ।

बझाङको केदारस्युँ गाउँपालिका बागथला र देउराबीचको कोइराला खोलाबाट नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मल्ललाई अपहरण गरेको थियो ।

सांसद मल्लको फिर्तीका लागि प्रहरी प्रमुख प्रविन धितालसहित आफू नेतृत्वको टोली त्यसतर्फ जान लागेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले दैनिक नेपाललाई जानकारी दिए ।

सांसद मल्ल बझाङ ‘ख’ की प्रदेश सांसद हुन् ।

उनलाई शुक्रबार दिउँसो विप्लव समूहले अपहरण गरेको थियो । गएको माघ २८ गते देउराउ भन्ने स्थानमा विप्लव समूहले गरेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरि एक नेतालाई पक्राउ गरेको थियो । प्रसाशनको हस्तक्षेपका विषयमा बुझ्न उनलाई नियन्त्रणमा लिएको विप्लव निकट स्रोतले जनाएको छ । उनलाई अपहरणमुक्त गरिसकिएको उसको दाबी छ ।