४ कार्तिक २०८३, बुधबार

प्रदेशका सबै संरचना अपाङ्गमैत्री बन्छन् : मुख्यमन्त्री पोखरेल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, २४ फागुन । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका सबै संरचना अपांगमैत्री बन्ने बताउनुभएको छ ।

प्रथम प्र्रदेशस्तरीय ह्वीलचीयर बास्केटबल प्रतियोगिताको शुक्रबार बुटवलमा उद्घाटन गर्दै उहाँले स्थायी राजधानीको टुंगो लागेपछि बन्ने सबै संरचनाहरु अपांगमैत्री बन्ने बताउनुभयो । अपांगता भएको ब्यक्तिको जीवन सहज बनाउनु महत्वपुर्ण बिषय भएकाले त्यसप्रति सरकार गम्भिर रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य बिष्णु पन्थी, बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेबी आचार्य, लायन सुनिल ओझा, नेपाल स्पाईनल कर्ड इन्जुरी खेलकुद संघका अध्यक्ष बाबुराम मिश्रले प्रदेश समृद्ध बनाउन सबै नागरिकका हक र अधिकार सुनिश्चित हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
लायन्स क्लब अफ बुटवल सयपत्री र नेपाल स्पाईनल कर्ड इन्जुरी खेलकुद संघको आयोजनामा शुरु भएको प्रतियोगितामा १२ समुहको सहभागिता रहेको सयपत्री क्लबका अध्यक्ष रोशनी पाण्डेले जानकारी दिनुभयो ।– रासस