४ कार्तिक २०८३, बुधबार

लियोनल मेस्सी राष्ट्रिय टिममा फर्किए

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २४ फागुन । स्टार स्ट्राइकर लियोनल मेस्सी राष्ट्रिय टिममा फर्किएको छन् । गएको वर्ष रुसमा भएको विश्वकप फुटबलपछि राष्ट्रिय टिमबाट बाहिर रहेका मेस्सी राष्ट्रिय टिममा फर्किएका हुन् ।

विश्वकपपछिका ६ अन्तर्राष्ट्रिय खेलमा अर्जेन्टिना मेस्सी बिना नै खेल्यो । ३१ वर्षका मेस्सीले अन्तिम पटक गएको वर्षको जुनमा विश्वकप फुटबलको अन्तिम १६ अन्तर्गत फ्रान्ससँगको खेलमा खेलेका थिए ।

अर्जेन्टिनालाई हराएर अघि बढेको फ्रान्स विश्व विजेता बन्यो । यो महिना अर्थात मार्चमा हुने भेनेजुएला र मोरक्कोसँगको मैत्रीपूर्ण खेलका लागि घोषणा भएको ३१ खेलाडीको अर्जेन्टिनी टिममा मेस्सी परेका छन् ।

३१ वर्षका मेस्सीसँगै ३१ वर्षकै एन्जल डी मारिया पनि टिममा छन् । पेरिस सेन्ट–जर्मेन ९पिएसजी० का मारिया पनि विश्वकपपछि पहिलो पटक टिममा बोलाइएका हुन् ।

तर म्यानचेस्टर सिटीका सर्जियो अग्युरो तथा चेल्सीका गोन्जालो हेगुइन र इन्टर मिलानका माउरो आइकार्डी अझै पनि टिममा बोलाइएका छैनन् । एजेन्सी