काठमाडौं । नेपाल चलचित्र विकास बोर्डको अध्यक्षबाट निकिता पौडेलले राजीनामा दिएपछि नयाँ अध्यक्षका लागि खोजी शुरु भएको छ । चलचित्र विकास बोर्डको अध्यक्षका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।
मन्त्रालयले फागुन १७ गतेसम्मको म्याद राखेर उम्मेदवारी दिन ३ गतेको गोरखापत्र दैनिकमा सूचना जारी गरेको थियो । निर्धातिर समयमा ६ जनाको उम्मेदवारी परेको छ ।
माघ २३ गते चलचित्र विकास वोर्डको अध्यक्षताबाट पौडेलले राजीनामा दिएपछि बोर्डको अध्यक्ष रिक्त भएको थियो । निकिताले कार्यकाल सकिनु १० महिना पहिले नै राजीनामा दिएकी हुन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सहसचिव राधिका अर्यालको अध्यक्षतामा २७ गते अन्तवार्ता हुनेछ । दुई वर्षे कार्यकालका लागि यी ६ जनामध्येबाट छनोट हुनेछ ।
सुचित्रा श्रेष्ठ, टीकाराम घिमिरे, केशव भट्टराई, सोहित मानन्धर, भगवतीकुमारी मैनाली र देशभक्त खनाल अध्यक्ष बन्ने दौडमा रहेका छन् । अध्यक्षको दौडमा रहेका अधिकांश पूर्वएमाले पृष्ठभूमि भएकाहरू छन् ।















प्रतिक्रिया