४ कार्तिक २०८३, बुधबार

सिटिजन्स बैंकको ‘सिटिजन्स विशेष बचत खाता’ सार्वजनिक

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना ‘सिटिजन्स विशेष बचत खाता’ ल्याएको छ ।

बुधबार बैंकको मुख्य कार्यालय भवन, नारायणहिटी पथ, दरबारमार्गमा आयोजित कार्यक्रममा ‘सिटिजन्स विशेष बचत खाता’ योजना सार्वजनिक गरेको हो । योजनामार्फत ग्राहकहरूले आकर्षक ब्याजका साथसाथै बीमा सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

एक सय रुपैयाँमा नै खाता खोल्न मिल्ने ‘सिटिजन्स विशेष बचत खाता’ कर्मचारीहरूको तलब खाता लागि अत्यन्तै फलदायी हुने विश्वास बैंकले लिएको छ । दैनिक मौज्दातमा वार्षिक ६.२५ प्रतिशत ब्याजदर प्रदान गरिने योजनाबाट ग्राहकहरुले आकर्षक ब्याजदर प्राप्त गर्नेछन् ।

यसैगरी, स्वास्थ्य र दुर्घटना मृत्यु बीमाको लाभसमेत प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ । यो योजनामा संलग्न हुने ग्राहकहरूका निम्ति रू एक लाख सम्मको स्वास्थ्य बीमा (अस्पताल भर्ना खर्च) र रू सात लाख सम्मको दुर्घटना मृत्यु बीमा गरिएको छ । औसत मौज्दात रकमको चार गुणासम्मको हुन आउने रकमको दाबी भुक्तानी गर्ने सुविधा यस खाता बाहकलाई उपलब्ध गराउने बैंकको भनाई छ ।

उत्कृष्ट सेवा प्रदान गर्ने हेतुले बैंकले यस योजना अन्तर्गत सहभागी भएका ग्राहकहरुका लागि विभिन्न प्रकारका सहुलियतहरू उपलब्ध गराएको छ । ‘सिटिजन्स विशेष बचत खाता’मा निःशुल्क भिजा डेबिट कार्ड, निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क आस्वा सेवा, निःशुल्क सिटिजन्स स्र्माट बैंकिङ सुविधा (मोबाईल), अनलाइन कारोवार गर्न सुरक्षित थ्री डी सेक्युर प्रविधिमा निःशुल्क दर्ता, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, विदेशी मुद्रामा ड्राफ्ट/स्विफ्ट जारी गर्दा ५० प्रतिशत छुट, लगायत अन्य सेवाहरूमा ५० प्रतिशतसम्म छुट जस्ता अनेकन् आकर्षक सहुलियतहरु उपलब्ध छन् ।

बैंकको देशैभर ८१ वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम् गुनासो सुनुवाई जस्ता कार्य गर्दै आएको छ ।

बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको जनाएको छ ।