
अर्घाखाँची २१ फागुन । शहिद सप्ताहको अवसरमा नेकपा सन्धिखर्कले शहिद परिबारलाई सम्मान गरेको छ । ननगर कमिटीले मगंलबार मदन आश्रित स्मृति भवन सन्धिखर्कमा १७ जना शहिद परिवारलाई दोसल्ला ,नगद र मायाको चिनो प्रदान गरि सम्मान गरेको हो ।
अर्घाखाँची जिल्लाबाट विभिन्न आन्दोलनमा ज्यान गुमाई शहिद भएका व्यक्तिहरुलाई सम्मान गरि नगर कमिटीले सरानिय काम गरेको नेकपा प्रदेश सदस्य तथा सांसद रामजीप्रसाद घिमिरेले बताए । ‘नेपालमा विभिन्न आन्दोलनबाट शहिदहरुले रगत बगाएर आज देश संघीय गणतन्त्रमा प्रवेश गरेको छ’ उनले भने, ‘ नेकपाले शहिद परिवारलाई साथ लिएर हिड्नुपर्छ, शहिद परिवारका आँखाबाट आशु खस्न दिनु हुँदैन । ’
शहिदहरुले देखाएको बाटोमा लाग्नु पर्नेमा घिमिरेले जोड दिए । शहिद परिवारलाई राजनीतिक दलहरुले अभिभावकत्व प्रदान गर्नु पर्ने शहिद परिवारका अध्यक्ष विशाल खड्काले बताए । ‘शहिदको सपनालाई परिवारका सदस्यहरुले पुरा गर्न लाग्नु पर्छ उनले भने, ‘समृद्ध नेपाल बनाउन शहिदहरुका सपनाहरुलाई लत्याउने काम नर्गन समेत नेतृत्वलाई आग्रह गर्दछु । ’

स्थानीय सरकार शहिदहरुको पक्षमा काम गर्ने गरि अगाडी बढेको सन्धिखर्क नगरपालिकाका उप–प्रमुख ठाकुर कुमार विकले बताए । ‘शहिद परिवारलाई आयआर्जन देखी सबै क्षेत्रमा सहयोग गर्नेगरि योजना निर्माण गर्नुपर्छ’ विकले भने, ‘सन्धिखर्क नगरपालिकाले गत वर्ष र यस वर्ष पनि केही कार्यक्रमहरु सञ्चालन गर्दैछ । ’ पार्टीले फाल्गुन १४ गते देखि २१ गते सम्म शहिद सप्ताह मनाउने निर्णय अनुसार शहिद सप्ताहको अन्तिम दिन शहिद परिवारलाई सम्मान कार्यक्रम राखेको बताए ।
उक्त कार्यक्रम्मा नेकपा प्रदेश सदस्य छमकुमारी खनाल (चिनारी), जिल्ला कार्यदल सदस्य जनार्दन खनाल , नेकपा नेता बुद्धिबहादुर रायमाझीको आतिथ्यता रहेको थियो । कार्यक्रम नगर अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता , बालकृष्ण आचार्यको सञ्चालन र कुशल भुसालको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।












प्रतिक्रिया