
काठमाडौँ, २१ फागुन । प्रतिनिधिसभाको मंगलबारको बैठक शाेक प्रस्ताव पारित गर्दै स्थगित भएको छ ।
बैठकले नेकपा नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको हो । बैठकमा उनको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो।
सभामुख कृष्णबहादुर महराले अधिकारीको निधनमा शोकप्रस्ताव प्रस्तुत गरेका थिए। नेता अधिकारीको गत शनिबार काठमाडाैँको ह्याम्स अस्पतालमा निधन भएको थियो।
बैठक भोलि बस्ने भएको छ।












प्रतिक्रिया