२० कार्तिक २०८३, शुक्रबार

काठमाडौंमा सडक दुर्घटनामा एकको मृत्यु

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ फागुन । काठमाडौँ महानगरपालिका–१५ छाउनीस्थित सडकमा बा ८७ प ३५३ नं को स्कुटर मंगलबार अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।

बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका स्कुटरमा सवार काठमाडौँका २२ वर्षीय सुजन श्रेष्ठको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार काभ्रेका २१ वर्षीय दीपेन्द्र मग्रातीको सोही अस्पतालमा उपचार भइरहेको छ । – रासस