
काठमाडौँ, २१ फागुन । स्वतन्त्र निर्माण कालिगढ संघ भक्तपुरले रिद्धि सिद्धि सिमेन्ट र जगदम्बा स्टीलको फ्याक्ट्री अवलोकन गरेको छ ।
संघको आयोजना र रिद्धि सिद्धि सिमेन्ट, जगदम्बा स्टील र राईनो फलामे डण्डीको सहयोगमा भवन निर्माण गर्नका लागि उत्पादन हुने सिमेन्ट र डण्डी के कस्तो कच्चा पदार्थ प्रयोग र मिश्रण गरि उत्पादन गरिन्छ भन्ने विषयमा अवलोकन गरिएको हो ।
अवालेकनमा भक्तपुर स्वतन्त्र निर्माण कालिगढ संघका अध्यक्ष राम शरण वरुवाल र राईनो फलामे डण्डीका कार्यकारी निर्देशक आनन्द नेपालको संयुक्त नेतृत्वमा भक्तपुर निर्माण कालिगढ संघका पदाधिकारी साथै संस्थामा आवद्ध निर्माण व्यवसायीहरु सहभागी थिए ।















प्रतिक्रिया