
काठमाडौँ, २१ फागुन । नेपाली सेनाले पहिलो पटक प्रतिस्पर्धाबाट प्रमुख सुवेदार पदको छनौट गरेको छ ।
देशभरका गण र गुल्मका सुवेदारमध्येबाट प्रतिस्पर्धाका आधारमा जुम्लामा रहेको २४ नम्बर बाहिनी अड्डाका सुवेदार मनोजकुमार चौधरीलाई प्रमुख सुवेदार पदमा छनोट गरिएको हो ।
देशभरबाट छानिएर केन्द्रमा आइपुगेका ८ जना प्रतिस्पर्धीमध्ये चौधरी छनोट भएको सैनिक प्रवक्ता यामप्रसाद ढकालले जानकारी दिए । उनको कार्यकाल पाँच वर्षको हुनेछ ।
यो अधिकृतभन्दा तलका सबै सैनिकहरुको नेतृत्व गर्ने पद हो । अब प्रधानसेनापतिले अधिकृतभन्दा तलका सैनिकहरूको ब्रिफिङ पनि सेना प्रमुख सुवेदारबाटै लिनेछन् ।
अहिलेसम्म प्रधानसेनापतिले चाहेको सुवेदार मेजरलाई यस्तो जिम्मेवारी दिइने गरिएको थियो । सेना प्रमुख सुवेदारले देशभरका अधिकृतभन्दा तलका सैनिकहरूको धारणा बुझ्ने काम गर्छन् ।












प्रतिक्रिया