
–मिना बुढाथोकी
सल्यान, २० फागुन । लागूऔषध मुद्दामा फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सल्यानले १४ वर्षपछि पक्राउ गरेको छ । जिल्लाको कुमाख गाउँपालिका–१ घर भई हाल पश्चिम रुकुमको चौरजहारी नगरपालिका–१ बस्दै आएका ५० वर्षीय पूर्णबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो ।
बुढाथोकीलाई २०६१ सालमा बाँके जिल्ला अदातलले दुई वर्ष दुई महिना र १५ हजार रुपैयाँ जरिवाना र २०६५ सालमा पुन एक वर्ष १० महिना कैदको फैसला गरेको थियो ।
फरार प्रतिवादी बुढाथोकीलाई चौरजहारीबाट पक्राउ गरिएको र जिल्ला अदालतमार्फत जिल्ला कारागार सल्यानमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी विरेन्द्र बहादुर शाहीले जानकारी दिएका छन् । अभियुक्तले अब दुई पटकको फैसला अनुसार ४ वर्ष १ महिना ६ दिनको कैद भुक्तान गर्नुपर्ने प्रहरीले जनाएको छ ।












प्रतिक्रिया