
अर्घाखाँची २० फागुन । जिल्लाको सितगंगा नगरपालिकामा रहेको ज्योति भविश्वर वहुमुखी क्याम्पसको स्तरवृद्धिका लागि धार्मिक महोत्सव सञ्चालन गरिने भएको छ । फागुन २४ गते देखि चैत्र १ गते सम्म महोत्सव सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
धार्मिक महोत्सवबाट क्याम्पसको स्तरोन्नतिका साथै कक्षा वृद्धि गरिने मुल आयोजक समितिका सदस्य माधव पौडेलले जानकारी दिए । ‘क्याम्पसमा स्नातकोत्तरका कक्षा सञ्चालन, इलाइब्रेरी सञ्चालन र भौतिक संरचना निर्माण गर्न महायज्ञ गर्न लागिएको हो’ उनले भने, ‘कार्यक्रम पूर्ण रुपले सफल हुनेमा हामी पूर्ण आशावादी छौं ।’
नगर प्रमुख सुर्यप्रसाद अधिकारीले सितगंगा नगर भित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचार–प्रसारमा समेत टेवा पुर्याउने बताए । ‘यो महोत्सवलाई मेहामेलाको रुपमा सञ्चालन गर्दैछौं’ उनले भने, ‘धार्मिक साँस्कृतिक र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धार्मिक मेला आयोजना गर्न लागेका हौं ।’ क्याम्पस प्रमुख विष्णु भट्टराईले वजेट अभावका कारण क्याम्पसले अपेक्षित प्रगति गर्न नसकेको भन्दै महायज्ञबाट उठेको रकमले शैक्षिक र भौतिक विकासमा ठूलो टेवा पुग्ने बताए ।
कार्यक्रममा नेकपाका नेता मणि अधिकारी, कासी आचार्य, कांग्रेसका हरि गौतम लगायतले मन्तव्य राख्दै महोत्सव सफल बनाउन सबै आ–आफ्नो ठाउँबाट लाग्नु पर्ने धारणा राखेका थिए । महोत्सव सफल बनाउन केशवसिंह बेल्वासेको संयोजकत्वमा एक हजार एक सदस्यीय मुल आयोजक समितिको गठन गरिएको छ ।
भौगोलिक हिसावले सितगंगा नेपालकै सबै भन्दा ठूलो नगरपालिका हो । यहाँका धेरै ठाउँ विकट छन् । धार्मिक महोत्सवको वाड स्तरमा वडा अध्यक्षको सयोजकत्वमा विभिन्न समितिहरु निमार्ण गरि प्रचार–प्रचार तीब्र पारिएको छ । धार्मिक महोत्वसवमा नगरपालिका भित्रका सवै वडाहरुको धार्मिक ऐतिहासिक तथा पर्यटकीक स्थलहरुको व्रोसहरु वितरण गर्ने कार्यक्रम रहेको छ ।












प्रतिक्रिया