
काठमाडौं, १९ फागुन । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को ६ दिन लामो बैठक नेपाल क्रिकेट संघ (क्यान)को विवादका विषयमा मौन रहँदै सकिएको छ ।
धेरै नेपाली क्रिकेट पदाधिकारीदेखि क्रिकेट प्रेमीहरुको अपेक्षा थियो की यो बैठकमा पक्कै पनि क्यान विवादको समाधानका विषयमा आईसीसी केही बोल्ने छ । तर केन्द्रीय कार्यालय दुबईमा बसेको ६ दिन लामो बैठकमा पनि नेपाली क्रिकेट हेर्ने संस्थाको विवादका विषयमा कुनैपनि एजेन्डा उठेन ।
नेपाली क्रिकेट हेर्ने संस्था नै लामो समयदेखि निलम्बित अवस्थामा हुँदा क्रिकेटका क्षेत्रमा हुनुपर्ने थुप्रै कामहरु प्रभावित भइरहेका छन् ।
नेपाली क्रिकेटको निलम्बित कमिटिले स्वतन्त्र कमिटिको बैठकले दिएको रोडम्यापप्रति असहमती जनाउँदै अदालतमा दायर गरेको मुद्वा र क्यानको जिल्ला निर्वाचनको बिषयमा सहमती जुट्न नसक्दा क्यानको विवाद समाधान हुन सकेको छैन ।
नेपाली क्रिकेटलाई एउटा गति दिनका लागि नेपालीहरु एकजुट भएर लाग्नुपर्ने हो तर यहाँ त आईसीसी नेपाली भित्र आन्तरिक कलह गरेर अरुलाई गुहार्नु पर्ने स्थिति छ । अनि त्यसमा पनि आईसीसीको रोहबरमा बनेको स्वतन्त्र कमिटिले दिएको रोडम्यापसँग पनि अनेकौं प्रश्न उठाइन्छ ।
क्रिकेटको पक्षमा र नेपाली क्रिकेटको हितका लागि लाग्नेहरु नै सो क्षेत्रमा छन् भने त अवस्य नेपालीहरु नै मिनेर समाधान खोज्नुपर्ने हो तर त्यो हुन सकेको छैन । यस्तोमा आईसीसी स्वयमले पनि हाम्रो चाला देखेर हार मानेको त होइन ?
त्यसैले अब प्रश्न उठ्छ आईसीसीले यो आन्तरिक किचलोको विषयलाई किन आफ्नो एजेन्डा बनाइरहोस् किनकी उसले विश्व जगतको क्रिकेट हेर्नुछ । तर नेपालले नै सहनसिल र मितव्ययी भएर आईसीसीलाई डाक्नुपर्ने हो । यद्दपी विश्व क्रिकेट हेर्ने त्यही क्रिकेटका विषयमा हामीलाई एउटा आधिकारीक निर्णय दिएको भयो समाधान हुन पनि सक्थ्यो ।















प्रतिक्रिया