५ कार्तिक २०८३, बिहिबार

‘यमराज’ भन्दा अघोषित प्रतिबन्ध भएपछि शर्माले नेतालाई ‘मुसा’ भन्दै निकाले अर्को गीत (भिडियो)

80.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अघिल्लो सातासम्म व्यापक चर्चामा रहेका पशुपति शर्माको गीत ‘लुट्न सके लुट’को अघोषित प्रतिबन्ध लाग्यो । उनले युट्युवबाट गीत हटाए तर निक्कै भाइरल भयो ।

उनले केही शव्द परिमार्जन गरिने बताएका पनि थिए । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानले गीत नहटाउन आग्रह पनि गरेको थियो । उनै शर्माले फेरि नेतालाई ‘मुसा’को संज्ञामा व्यंग्य गर्दै अर्को गीत रिलिज गरेका छन् ।

खासगरी अघिल्लो गीतमा ‘यमराज’ र ‘कुकुर’ भन्ने शव्दमा नेकपा सम्बद्ध युवा संघले चर्को विरोध गरेको थियो । दबाब परेपछि शर्माले उक्त गीत हटाएका थिए ।

नयाँ व्यंग्यात्मक गीतमा भने उनले चुनावअघि नेता मुसा हुने र चुनावपछि हात्ती हुने उल्लेख गर्दै नेतालाई ‘कुरी कुरी’ भनेका छन् ।

भिडियो