
काठमाडौँ, १७ फागुन । चलचित्र निर्देशक तथा निर्देशक समाजको पहिलो महिला अध्यक्ष सुचित्रा श्रेष्ठले चलचित्र विकास बोर्डको अध्यक्षको लागि उम्मेदवारी दर्ता गराएकी छिन् ।
उनी कलाकारिता तथा पत्रकारितामा क्षेत्रमा लामो समयदेखि आबद्ध छिन् ।
उनलाई भएको दक्षता तथा अनुभवलाई लिएर आगामी दिनमा चलचित्र क्षेत्रमा आफ्नो जीवन समर्पित गर्ने उनले बताएकी छन् । चलचित्र क्षेत्रमा भएको विकृतिलाइ चिर्दै विकास बोर्डलाई सुद्दिकरण गर्न आफू सक्षम रहेको उनको दाबी छ ।
निकिता पौडेलले कार्यकाल सकिनु भन्दा १० महिना अगाडि नै राजीनामा दिएपछि चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता दिने प्रक्रिया अगाडि बढेको छ ।















प्रतिक्रिया