
काठमाडमौँ, १७ फागनु । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाडौं महानगरपालिकाको वडा नं ३० स्थित आफ्नै भवनमा रहेको केन्द्रीय कार्यालय ज्ञानेश्वरमा शुक्रबारदेखि भिजा डेविट कार्ड सुविधाको सुरुवात गरेको छ ।
बैंकका संचालक समितिका अध्यक्ष सुदिप आचार्यले सेवा शुभारम्भ गरेका हुन् । बैंकका संचालक चतुराखर अधिकारी, देव कृष्ण काफ्ले र बलराम बरालको उपस्थिति रहेको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले भिजा कार्डको महत्व र फाइदाका बारेमा प्रकाश पार्दै अब उपरान्त यस बैंकका ग्राहकहरुले नेपाल, भारत र भुटानमा समेत भिजा कार्ड प्रयोग गरि कारोबार गर्न सक्ने बताए ।
साथै, भिजा कार्ड सुविधाको सञ्चालनबाट बैंकको व्यापार विस्तारलाई अझ तीव्रताका साथ अघि बढाउन सकिने समेत उल्लेख गरे । काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीयकार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६८ वटा शाखा तथा २० वटा एटीएममार्फत ग्राहकहरुलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
साथै, बैंकले एबीबीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, सीआस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ । समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।















प्रतिक्रिया