
काठमाडौं, १६ फागुन । नेकपा केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री स्वर्गीय रबीन्द्र अधिकारीको शवलाई श्रद्धाञ्जली अर्पण गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी टुुँडिखेल आउने भएकी छन् ।
स्वर्गीय मन्त्री अधिकारीको शवलाई श्रद्धाञ्जलीका लागि टुडिखेलमा राखिँदैछ । स्वर्गीय मन्त्री अधिकारीको शव दिउँसो ३ बजे पछि श्रद्धाञ्जलीका लागि टुुँडिखेलमा राखिने भएको हो ।
स्वर्गीय मन्त्री अधिकारी लगायत बुधबार भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेलाई श्रद्धाञ्जली दिनका लागि राष्ट्रपति भण्डारी टुुँडिखेलआउने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।















प्रतिक्रिया