८ कार्तिक २०८३, आइतबार

हेलिकप्टर जलेर नष्ट भैसकेको थियो, अनि तस्वीर खिच्ने भन्दा अर्को बिकल्प रहेन

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । बुधबार दिउँसो साढे एक बजे पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको खबर पाथीभरा मन्दिरका पुजारी डिल्ली आचार्यले फोनबाट सिम्रिक एयरका कर्मचारीलाई गराएका रहेछन् । कर्मचारीले मलाई सुनाए । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

तत्कालै एयर डाइनेस्टीका कर्मचारीले ‘भिटु ट्याक’मा जहाज हल्लिएको नदेखेपछि ताप्लेजुङ विमानस्थलको टावरमा खबर गरेका रहेछन् । टावरले सम्पर्कमा नभएको जानकारी दिइसकेको थियो । तत्कालै हेलिकप्टर लिएर घटनास्थल पुग्दा दुर्घटनाग्रस्त हेलिकप्टर जलेर नष्ट भइसकेको थियो ।

हेलिकप्टरमा सवार सबैको मृत्यु भएको थियो । धेरैको शव पनि आधाजसो जलिसकेको थियो । आगो निभिसकेको तर धुँवा भने उडिरहेको थियो । मसँग तस्बिर खिच्नुको विकल्प थिएन ।