४ कार्तिक २०८३, बुधबार

हेलिकप्टर दुर्घटनामा मृत्यु हुने अर्कै, तस्वीर अर्कैको परेपछि…

48.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा

काठमाडौं, १६ फागुन । ताप्लेजुङ्ग जिल्लामा भएको हेलिकोप्टर दुर्घटनामा यति एयरलाइन्स तथा डाइनेष्टिक हेलिकोप्टरका मालिक आङछिरिङ शेर्पाको निधन भएकोमा केही अनलाइन पोर्टलहरूले पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाको फोटो राखेर समाचार प्रकाशित गरेपछि शेर्पा र परिवारजनलाई तनाव भएको छ ।

हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित सात जनाको निधन भएको थियो ।

केही सञ्चार माध्यमहरूले दुर्घटनामा निधन भएका आङछिरिङ शेर्पाको नाममाथि पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाको फोटो राखेर समाचार प्रकाशित गर्दा दिनभरी तनाव भएको शेर्पाले बताएका छन् ।

अनलाईनहरूले प्रकाशित गरेको शेर्पाको फोटोसहितको समाचार सामाजिक सञ्जालमा व्यापक सेयर भएका छन् ।

शेर्पालाई मोबाइलमा फोन गरेर शुभचिन्तक र परिवारजनले फोन गरेर हैरान पारेका छन् ।

जिउँदो मानिसलाई मरेको भनेर नेपालका नम्बर १ दाबी गर्ने अनलाइनहरूले आफ्नो फोटो प्रकाशित गरेकोमा शेर्पाले दुःख व्यक्त गरेका छन् ।

अनलाइनहरूले यसरी निधन भएको व्यक्तिको नामसंग जिउदो व्यक्तिको फोटो प्रकाशित गरेकोमा ती सञ्चारमाध्यमहरूको सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ब्यङग्य गरेका छन् ।