
काठमाडौं, १५ फागुन । नेकपाका युवा नेता एवं स्थायी कमिटी सदस्य योगेश भट्टराईले बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाका विषयमा प्रश्न उठाएका छन् ।
खराब मौसमका बाबजुद ७ जना यात्रु हेलिकप्टरमा राखिएको विषयमा उनले प्रश्न उठाएका छन् । ‘मौसम् खराब हुँदाहुदै ७ जनालाई लिएर किन उडान गरियो ?’ उनले प्रश्न गरेका छन् ।
समयले यो प्रश्नको उत्तर माग्ने पनि उनले उल्लेख गरेका छन् । उनी भन्छन्, ‘भीआईपी उडानमा पाइलटसहित ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर कोहीलाई सुकेटार वा ताप्लेजुङ बजारमै झारेर मात्र पाथीभरा उडान गर्दै आएका छन्, पाइलटहरुले । तर, आज मौसम खराब हुँदाहुँदै ७ जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ ।’
















प्रतिक्रिया