
काठमाडौं, १५ फागुन । पाकिस्तानमा जारी पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने बुधबारको खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् ।
लाहोर क्वालेण्डर्सबाट खेलिरहेको उनी बुधबार क्वेटा ग्लाडियटसविरुद्ध बलिङ गरेका हुन् । बुधबारको खेलमा उनले क्वेटाको महत्वपूर्ण ४ विकेट झारे ।
४ ओभर बलिङ गरेका सन्दीपले १० रन मात्र खर्चिएका थिए ।
पहिलो ओभरमा १ विकेट लिएका उनले दोस्रो ओभरमा दुई विकेट लिएका थिए । तेस्रो ओभरमा पनि सो क्रम जारी राख्दै १ विकेट झारे । चौंथो ओभरमा उनले मात्र २ रन खर्चिए ।
बुधबारको खलमा सन्दीप निकै किफायती बलर सावित भएका छन् ।















प्रतिक्रिया