४ कार्तिक २०८३, बुधबार

मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटना: चिन्न नसक्ने अबस्थामा शव भेटिए

173.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ फागुन । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको हेलिकप्टर दुर्घटनाग्रस्त अबस्थामा भेटिएको छ ।

भर्खरै घटनास्थल पुगेको प्रहरीले चिन्नै नसक्ने अवस्थामा शवहरु भेटाएको नेपाल प्रहरीको उच्च स्रोतले दैनिक नेपालले जनाएको छ । प्रहरी हबल्दारको नेतृत्वमा एउटा टोली भर्खरै घटनास्थल पुगेको छ ।

प्रहरीका अनुसार, अहिलेसम्म ५ वटा शव फेला परेको छ । सिस्ने खोला तारेभीरको चुच्चोमा हेलिकप्टर खसेर दुर्घटना भएको हो ।

एयर डाइनेस्टीको हेलिकप्टरमा मन्त्री अधिकारीसहित ६ जना सवार भएको खुलेको छ । हेलिकप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन गुरुङ लगायत रहेका थिए भने हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए ।

हेलिकोप्टर काठमाडौंबाट बुधबार बिहान साढे ८ बजे उडेको थियो ।