४ कार्तिक २०८३, बुधबार

भारत-पाकिस्तान द्वन्द्वको असर : नेपालको उडान प्रभावित

18k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १५ फागुन । भारत र पाकिस्तानबीच बढ्दो द्वन्द्वले नेपालको उडान सेवा प्रभावित भएको छ । पाकिस्तानले भारतको बाटो हुँदै आफ्नो एयर रुटमा प्रवेश गर्न रोक लगाएपछि नेपालबाट भारत हुँदै पाकिस्तानको रुट प्रयोग गर्नुपर्ने विमानको उडान प्रभावित भएको हो ।

पाकिस्तानले भारतबाट प्रवेश गरेर आफ्नो रुट प्रयोग गर्न अनुमति नदिएपछि हाल नेपालबाट उड्नुपर्ने टर्किस एयरलाइन्स विमानस्थलमै रोकिएको छ । यस्तै, कतार एयरलाइन्सको उडान पनि प्रभावित हुने अवस्था आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।

टर्किस एयरलाइन्सलाई अब विकेड रुटबाट पठाउने तयारी गरिएको छ । विमानस्थलहरुमा कुनै पनि समस्या नरहेको जनाउँदै पाकिस्ताले आफ्नो रुट प्रयोग गर्न रोकेकाले वैकल्पिक रुट प्रयोग गरेर टर्किस एयरलाई उडाउन लागिएको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले बताए ।

यसैबीच, भारत पाकिस्तान तनावका कारण भारतका पाँचवटा एयरपोर्टमा सर्वसाधारणको उडान प्रभावित भएको छ । भारतको श्रीनगर, जम्मु, लेह, अमृतसर र चण्डीगढ एयरपोर्टको उडान प्रभावित भएको हो ।

बुधबार मात्रै पाकिस्तानले भारतीय वायुसेनाका दुई ओटा विमान खसालेको दाबी गरेको छ । नियन्त्रण रेखा पार गरेका दुई भारतीय विमानलाई पाकिस्तानी सेनाले पाकिस्तानी एयरस्पेसभित्र झारिदिएको पाकिस्तानको दाबी छ । केहीदिन यता भारत–पाकिस्तानबीच तनाब बढिरहेको छ ।