
काठमाडौं, १५ फागुन । सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरू आन्दोलित भएका छन् । उनीहरूको आन्दोलनका कारण बिरामी मर्कामा परेका छन् ।
देशभरका १४ सय सरकारी चिकित्सकहरूले बुधबारदेखि आकस्मिक बाहेकका सबै सेवामा काम गरेका छैनन् । यसले गर्दा बिसामीको उपचार प्रभावित भएको छ ।
कर्मचारी समायोजन विधेयकमा आफूमाथि अन्याय भएको भन्दै विधेयक सच्याउनु पर्ने मागसहित सरकारी चिकित्सकहरूले बुधबारदेखि आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन् ।
सेवा सुविधा दिएर सरकारी सेवाप्रति चिकित्सकहरूलाई आकर्षित गर्नु पर्नेमा झन निरुत्साहीत पार्न खोजेको भन्दै आन्दोलन गर्नुपरेको सरकारी चिकित्सक संघका अध्यक्ष डा.दीपेन्द्र पाण्डेले बताएका छन ।















प्रतिक्रिया