लण्डन, १५ फागुन । पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
क्वाटरफाइनल अन्तर्गत मंगलबार राति घरेलु मैदानमा भएको खेलमा पिएसजीले डिजोनलाई ३–० ले हराउँदै पिएसजीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
पिएसजीको जितमा एन्जल डी मारियाले दुई तथा थोमस मुनिएरले एक गोल गरे । फ्रान्सेली च्याम्पियन युवा स्टार केलियन एमबाप्पे तथा चोटग्रस्त स्टार खेलाडी नेइमार तथा एडिन्सन काभानी बिना नै मैदानमा थियो ।
तीन स्टार खेलाडी बिनाको पिएसजीका लागि डी मारियाले ८ औँ मिनेटमा गोल गर्दै सुरुवाति अग्रता दिलाए । २८ औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा पिएसजीले २–० को अग्रता लियो ।
७६ औँ मिनेटमा मुनिएरले गोल गरेपछि पिएसजी ३–० ले विजयी भयो । लगातार चार सिजनदेखि फ्रेन्च कपको उपाधि जितेको पिएसजीले यो सिजन पनि आफ्नो सम्भावना बलियो बनाउँदै लगेको छ ।















प्रतिक्रिया