४ कार्तिक २०८३, बुधबार

माछापुच्छ्रे बैंकको एटीएम सञ्जाल विस्तार

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १४ फागुन । माछापुच्छ्रे बैंक लिमिटेडले ललितपुर महानगरपालिका पुलचोकस्थित वडा कार्यालयमा २४ घण्टा नै रकम झिक्न सकिने एटीएमको औपचारिक सुरुवात गरेको छ ।

बैंकले मंगलबार ललितपुर महानगरपालिका स्थित ३ नं. वडा कार्यालय परिसरमा आफ्नो एटीएम सञ्चालनमा ल्याएको हो । २४ घण्टा नै रकम झिक्न सकिने एटीएमको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उद्घाटन गरे । अब बैंकको कुल एटीएम सङ्ख्या १ सय १५ पुगेको छ ।

बैंकले आर्थिक वर्ष २०७५÷७६ को दोस्रो त्रैमाससम्ममा रु. ७८ करोड १३ लाख खुद मुनाफा आर्जन गरेको छ साथै २०७५ पुस मसान्त सम्ममा रु. ८५ अर्व १७ करोड निक्षेप परिचालन गरी रु. ७४ अर्व ६५ करोड कर्जा प्रवाह गरेको छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना ९३ वटा शाखाहरु लगायत ६३ शाखा रहित बैंकिङ सेवा समेत गरी जम्मा १५६ स्थानबाट ग्राहकहरुले सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।