८ कार्तिक २०८३, आइतबार

सरकारले वैदेशिक रोजगारीमा कडाइ गर्दा रेमिटेन्स ओरालो लाग्यो

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । सरकारले वैदेशिक रोजगारीलाई निरुत्साहित गरी स्वदेशमा नै रोजगारी दिने योजना ल्याइरहेका बेला विदेश जाने नेपालीको संख्या पनि घटेको देखिएको छ । कारोबार दैनिकले समाचार छापेको छ ।

मेलेसिया र कतार संकटका कारण वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या १४ प्रतिशतले घटेको देखिएको हो । यसको असर तत्काल रेमिट्यान्स आप्रवाहमा नदेखिए पनि अर्को वर्ष भने रेमिट्यान्स घट्ने देखिन्छ ।

गत आर्थिक वर्षको ७ महिनाको तुलनामा चालू आर्थिक वर्षको माघसम्म वैदेशिक रोजगारीमा जाने युवाको संख्या १४ प्रतिशतले घटेको हो ।

खाडी राष्ट्रमा आएको आर्थिक मन्दी र मलेसिया जान रोक लगाएसँगै चालू आर्थिक वर्षको ७ महिनासम्म वैदेशिक रोजगारीमा जाने युवाको संख्या एक्कासि घटेको देखिन्छ ।