४ कार्तिक २०८३, बुधबार

बम पड्काउँदा मान्छेको ज्यान गएका बेला प्रकाण्डका छोरा रिहा

17.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १३ फागुन । विराटनगर विमानस्थलमा हतियारको गोलीसहित पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का छोरा नरेन्द्र विश्वकर्मा रिहा भएका छन् ।

आइतबार जिल्ला अदालत मोरङले विश्वकर्मालाई तारेखमा रिहाइ गर्न आदेश दिएपछि प्रहरीले छाडेको हो ।

विप्लवको नेकपाले एकजनाको ज्यान जाने गरी देशभरि बम विष्फोटसहितका गतिविधि र आतंक मच्चाइ रहेका बेला बन्दुकको गोलीसहित पक्राउ परेका विश्वकर्मा रिहा भएका हुन् ।

विश्वकर्मा विप्लवको नेकपा निकटको अखिल क्रान्तिकारीको कोषाध्यक्ष समेत हुन् ।