
काठमाडौं, १२ फागुन । रुकुम पश्चिमको रुकुमकोटबाट काठमाडौंका लागि छुटेको बस दुर्घटनामा परेको छ ।
दुर्घटनामा परी ८ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख सुमित खड्काले बताए । घाईतेमध्य एकको अवस्था गम्भिर रहेको छ ।
काठमाडौंका लागि गुडेको बस रुकुम पश्चिमको सदरमुकाम मुसीकोटस्थित सेरिगाउँमा दुर्घटना भएको हो ।
बस ब्रेक फेल भएका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया