
काठमाडौं, १२ फागुन । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गत आइतबारको खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको छ ।
थाईल्याण्डको बैंककस्थित एसियन ईन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा हङकङले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले १८.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका लागि अप्सरी वेगमले सर्वाधिक २४ रन जोडिन् । यस्तै सरिता मगरले १६ रन बनाइन् ।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६२ रन बनाएको थियो। हङकङका लागि मरीना लाम्पलोले १९, यास्मिन दसवानीले १६ तथा बेला पुनले ११ रन जोडिन् ।
हङकङलाई सस्तैमा समेट्न नेपालकी नेरी थापाले ६ विकेट लिईन् । सरिता राना मगरको नाममा २ विकेट रह्यो ।
आइतबारको जितसँगै नेपालको ४ खेलबाट ६ अंक भएकाे छ ।















प्रतिक्रिया