४ कार्तिक २०८३, बुधबार

महिला विश्वकप छनोट : हङकङले दिएको ६३ रनको लक्ष्य पच्छाउँदै नेपाल

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गत नेपालले ६३ रनको लक्ष्य पाएको छ । थाईल्याण्डको बैंककस्थित एसियन ईन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा हङकङले नेपाललाई जितका लागि ६३ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर पहिले व्याटिङ गरेको हङकङले निर्धारित ओभरमा ८ विकेट गुमाएर ६२ रन बनाएको हो । हङकङका लागि मरीना लाम्पलोलाई १९, यास्मिन दसवानीले १६ तथा बेला पुनले ११ रन जोडिन् ।

हङकङलाई सस्तैमा समेट्न नेपालकी नेरी थापाले ६ विकेट लिईन् । सरिता राना मगरको नाममा २ विकेट रह्यो ।

नेपालले अहिले जवाफि ब्याटिङ गरिरहेको छ । तेस्रो ओभरको खेल चल्दै गर्दा नेपालकी ओपनर काजल श्रेष्ठ ४ रन बनाएर आउट भएकी छन् ।

३ खेलबाट ४ अंक जोडेको नेपाल चौंथो स्थानमा छ । अंकविहीन हङकङ पुछारबाट दोस्रोमा रहेको छ ।