४ कार्तिक २०८३, बुधबार

भारतीय कलाकार जयाले ल्याएकी थिइन् प्रधानमन्त्रीले जन्मदिनमा काटेको ‘केक’

13.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ६८ औँ जन्मोत्सव मनाए । शनिबार विहानै उनले विरुवा रोपे । त्यसपछि उनले बालुवाटारमा केक काटे र बुबा मोहनप्रसाद ओली र आफ्नी पत्नी राधिका शाक्यलाई खुवाए ।

तर, बालुवाटारमा प्रधानमन्त्री ओलीले काटेको केक भने बालुवाटारले किनेको थिएन । केक उपहार लिएर आएकी थिइन् भारतीय कलाकार जया प्रदाले ।

जया भारतीय फिल्मी दुनियाकी चर्चित कलाकार हुन् भने चर्चित राजनीतिक नेत्री पनि हुन् ।

प्रधानमन्त्री ओलीको जन्मदिनमा केक उपाहार बोकेर मात्र उनी बालुवाटार पुगिनन् उनले विहानै फूलको ‘बुके’ पनि बोकेर पुगेकी थिइन् ।

जयाले ल्याइदिएको केकमा ६८ बर्षमा प्रवेश गरेका ओलीको दीर्घायू र सुस्वास्थ्यको कामना गरिएको बेहोरा अंकित थियो ।

‘म प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिन गएको थिएँ, भारतीय अभिनेत्री प्रदा प्रधानमन्त्रीलाई शुभकामना दिन आउनु भएको रहेछ’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘प्रम ओली र जया प्रदाबीच पुरानै चिनजान रहेछ ।’

जया र प्रधानमन्त्रीको चिनजानका विषयमा प्रधानमन्त्री ओलीले उनीसँग भएको पहिलो भेटबारे याद नभएको तर २०४४ साल तिर जेलमै रहँदा उनको ‘फ्यान’ भएको बताए ।

यसअघि शुक्रबार अष्ट्रियाकी परराष्ट्र मामिला मन्त्री केरिन क्नाइसले पनि अष्ट्रियन चकलेट बोकेर प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिन बालुवाटार पुगेकी थिइन् ।