
काठमाडौं, ११ फागुन । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि सिवाईसी अत्तरियाले चुमेको छ । शनिबार भएको फाइनल खेलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै अत्तरिया पहिलो पटक डीपीएल च्याम्पियन बनेको हो ।
फाप्ला क्रिकेट मैदानमा महेन्द्रनगरले दिएको १२४ रनको लक्ष्य अत्तरियाले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर भेट्टायो । अत्तरियाकासन्नी पटेलले ४७, जय किशन कोल्शावालाले ३० र कप्तान दिपेन्द्र सिंह ऐरीले १७ रन बनाए ।
महेन्द्रनगरका मोहमद नाभिद र सागर ढकालले समान २/२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२३ रन बनाएको थियो । महेन्द्रनगरका लागि दिलिप नाथले ४३, कुशल मल्लले २५ रन बनाए । रोहित कुमार पौडेलले २४ रन बनाउँदा आरिफ शेख ११ तथा मोहमद नाभिद १० रन जोडे ।
अत्तरियाका कप्तान दिपेन्द्र सिंह ऐरी र दिपेन्द्र रावतले समान २/२ विकेट लिए ।
उपाधिसंगै अत्तरियाले ३० लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको महेन्द्रनगरले १२ लाखमा चित्त बुझायो ।















प्रतिक्रिया