४ कार्तिक २०८३, बुधबार

डीपीएलको उपाधिका लागि अत्तरियाविरुद्ध ब्याटिङ गर्दै महेन्द्रनगर

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ११ फागुन । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधिका लागि अहिले महेन्द्रनगर युनाईटेड र सीवाईसी अत्तरिया खेल्दै छन् ।

फाप्ला क्रिकेट मैदानमा महेन्द्रनगर युनाईटेडले टस जितेर ब्याटिङ रोजेको छ । शरद भेषावकरको कप्तानीमा रहेको महेन्द्रनगर र दिपेन्द्र सिंह ऐरीको अत्तरिया उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।

महेन्द्रनगर दोस्रो क्वालिफायर्समा काठमाडौं गोल्डेन्सबाट वाक ओभर पाएर फाइनलमा पुगेको हो । यस्तै अत्तरिया काठमाडौंलाई हराएर फाइनलमा पुगेको हो ।

उपाधि विजेताले ट्रफीसहित ३० लाख नगद पुरस्कार पाउनेछ । उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छन् ।