४ कार्तिक २०८३, बुधबार

पीएसएलको डेब्यु खेलमै चम्किए सन्दीप, तीन विकेट झार्दै देखाए जादु

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटको डेब्यु खेलमै तीन विकेट लिन सफल भएका छन् ।

मुल्तान सुल्तानविरुद्ध खेलेको उनको टिम लाहोर क्वालेण्डर्सले शुक्रबार मुल्तान सुल्तानविरुद्ध खेलिरहेको हो । बिग बास लिगमा व्यस्त सन्दीपले शुक्रबारको खेलबाट डेब्यु गरेका हुन् । लाहोरले यसअघि तीन खेल खेलिसकेको छ ।

पहिलो ओभरमा १७ रन खर्चदै मङ्गो सावित भएका सन्दीपले त्यसपछिका खेलमा कसिलो बलिङ गर्दै टिमका लागि तीन विकेट दिलाए ।

आफ्नो दोश्रो ओभरमा जेम्स भिन्स्लाई आउट गर्न सफल भएका सन्दीपले तेस्रो विकेटको रुपमा सोएव मल्लिकलाई पोविलियनको बाटो देखाएका थिए । उनले तेस्रो विकेटको रुपमा आन्द्रे रसेललाई आउट गर्न सफल भए ।

४ ओभरमा ४६ रन खर्चेका उनले तीन विकेट लिन सफल भए । लाहोर यसअघिका ३ खेल मध्य एकमा जित निकाल्दै अंक तालिकाको पुछारमा रहेको छ ।