
काठमाडौं, १० फागुन । महेन्द्रनगर युनाईटेड धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । काठमाडौं गोल्डेन्सले फाप्ला क्रिकेट मैदानमा शुक्रबारका लागि तय दोस्रो क्वालिफायर्स खेल बहिस्कार गरेपछि महेन्द्रनगरले फाइनलमा स्थान बनाएको हो ।
आफ्ना खेलाडीलाई कारबाही गरेको भन्दै काठमाडौंले खेल बहिस्कार गरेपछि धनगढी क्वालिफायर खेल नखेली फाइनलमा पुगेको हो ।
काठमाडौंका भारतीय खेलाडी अंकित दबासको बलिङ शंकास्पद रहेको भन्दै आयोजक डीपीएलले बिहिबार उनलाई प्रतिबन्ध लगाएको थियो ।
अब महेन्द्रनगरले उपाधिका लागि सीवाईसी अत्तरियासँग शनिबार खेल्नेछ । अत्तरिया पहिलो क्वालिफायर्समा काठमाडौंलाई नै पराजित गरेर फाइनलमा पुगिसकेको छ ।















प्रतिक्रिया