४ कार्तिक २०८३, बुधबार

के मञ्जु भण्डारी ‘भ्रष्ट’ हुन् ?

7.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, १० फागुन । सुनसरीको एउटा उपमहानगरपालिकाकी उप प्रमूखमाथि नीतिगत भ्रष्टाचारको अभियोग लागेको छ ।

सुन्दर र पुरानो मानिएको धरान उपमहानगरपालिकाकी कार्यबाहक प्रमूख समेत रहेकी मञ्जु भण्डारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको दाबी गरिएको छ ।

नगरपालिकाबाट सेवा सुविधा दिएर एक जना कामदारलाई घरेलु कामका लागि खटाइएको उनीमाथि आरोप लागेको थियो ।

भण्डारीले घरमा काम गर्न राखेकी कामदार गीता मगरलाई उपमहानगरपालिकाको कार्यालय सहयोगी पदमा नियुक्ति दिएर मासिक तलव भुक्तानी गरेको विवरण बाहिरिएको थियो ।

यसै साताको बुधबारदेखि उनीमाथि अख्तियारको कडा निगरानी रहेको बताइएको छ ।

उपमहानगरबाट मासिक १६ हजार २ सय ३० रुपैयाँ तलव मगरले पाउँदै आएको र त्यो नीतिगत भ्रष्टाचार भण्डारीले गरेको बताइन्छ ।

भण्डारीले कार्यपालीका सदस्यलाई पनि जानकारी नदिइ आफूखुसी निर्णय गर्दै बजेटको दुरुपयोग गरेको आरोप लाग्ने गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीका प्रमुख महेश आचार्यले उपमहानगरको आर्थिक अनियमितितामाथि छानविन थालेको बताए । तर नीतिगत हिसाबमा भ्रष्टाचार भएको छ या छैन भन्ने विषयमा गहन अनुसन्धान हुने अख्तियारले जनायो ।

उपमेयरका लागि अनिवार्य महिला चाहिने भएका कारणले भण्डारीलाई तत्कालिन एमालेले अगाडी सारेको थियो । राजनीतिमा अलिक जुनियर भएका कारण, स्थानीय सिनियर नेता पनि उनीविरुद्ध लागि परेको हुनसक्ने कतिपयको अनुमान छ ।

केही महिना अघि प्रमूख तारा सुब्बाको निधनपछि उप निर्वाचन नभएका कारण उपमहानगरको प्रमूखका हैसियतमा भण्डारीले काम गर्दै आइरहेकी छन् । उनीमाथि बजेट अनियमित हिसाबले चलाएको समेत आरोप लाग्ने गरेको छ ।

‘केही पूर्वएमाले र कांग्रेसले उनीमाथि नियोजित हिसाबमा प्रहार गरिरहेका छन्’, भण्डारीनिकट स्रोतले भन्यो,‘यसबारे भण्डारीले पनि केही प्रष्ट पार्लिन् ।’