८ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री पनि के कम ? डोटीमा ५१ किलोको माला पहिरिएर भने–यो इतिहासकै उत्कृष्ट सरकार

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । प्रधानमन्त्री केपी ओलीले मंगलबार डोटीको बिपीनगरमा ५१ किलोको माला लगाए । माला पहिरिँदै उनले मुस्कानसाथ हात उठाएर फोटो खिच्न पोज दिए ।

ऊर्जामन्त्री वर्षमान पुन र सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि मालाभित्र गोलबद्ध भए । अमरगढी नगरपालिका–१ दुधकाँडेमा १३२ केभी क्षमताको सबस्टेसन उद्घाटन गर्न प्रधानमन्त्री त्यहाँ पुगेका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्रीले सरकार अहिलेसम्मकै उत्कृष्ट भएको दाबीसमेत गरे । सरकार गठनको एक वर्षमा धेरै काम भएको, आफ्नै पानीजहाज सञ्चालन गर्ने उद्देश्यले पानीजहाज कार्यालय स्थापना गरिसकेको र पूर्व–पश्चिम रेल आफ्नै सरकारका पालामा हुने दाबी गरे ।