४ कार्तिक २०८३, बुधबार

अमेरिकामा हुने युएसए कपमा नेपाली टोलीको कप्तानी सम्हाल्दै सोमपाल

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । अमेरिकामा मार्च २० देखि २४ सम्म हुने टु–एक्स क्रिकेट युएसए कपमा सहभागी हुने नेपाली राइनोज टिमको कप्तानी सोमपाल कामीले गर्ने भएका छन् ।

राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर सोमपालले नेपाली राइनोज टिमको कप्तानी सम्हाल्न लागेको हुन् ।

यसअघि तीन वर्ष पहिले नेपालले उक्त प्रतियोगिताको उपाधि जितेको थियो । त्यो वेला नेपालका टिम कप्तान नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान स्वयम पारस खड्का थिए । सन् २०१६ को युएसए कप संस्करणको उपाधि नेपाली टोलीले हात पारेको थियो ।

३ वर्ष पछि पुनः हुन लागेको प्रतियोगितामा सहभागी हुन नेपालबाट सोमपाल र ३ खेलाडीहरु पनि जाँदैछन् । नेपाली राइनोज क्रिकेट क्लबका संस्थापक सदस्यसमेत रहेका आशिक लामाले यसपटकको नेपाली टोलीको कप्तानी सोमपालले गर्ने जानकारी दिए ।

सोमपालसँगै करन केसी, ललित राजबंशी र दिपेन्द्र ऐरीलाई पनि लैजाने प्रक्रिया चलिरहेको छ ।

यो पटक टिममा नेपाली पूर्व राष्ट्रिय क्रिकेटर कनिस्क चौगाईं, बरदान चालिसे, राकेश कर्ण पनि रहने भएका छन् । प्रतियोगिता खेल्न सोमपाल मार्च १२ तारिकमा अमेरिका प्रस्थान गर्नेछन् ।

यो पटक प्रतियोगिताको विजेता टिमले ५० हजार डलर पुरस्कार पाउनेछ ।