
काठमाडौं, ७ फागुन । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले उत्कृष्ट शुरुवात् गरेको छ । मंगलबारको पहिलो खेलमा नेपाली महिला टोलीले मलेसियाली टोलीलाई ३४ रनले पराजित गरेको हो ।
नेपालले दिएको १ सय २७ रनको लक्ष्य पछ्याएको मलेसियाले पूरै २० ओभर खेल्दा ७ विकेट गुमाएर ९२ रन मात्र बनाउन सक्यो । नेपालका करुना भण्डारी र सरिता मगरले २/२ विकेट लिए। भण्डारीले ४ ओभरमा १४ रन तथा मगरले ३ ओभरमा १२ रन खर्चिन्। यस्तै कविता कुँवर र सिता राना मगरले १/१ विकेट लिए।
यसअघि ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १२६ रन बनाएको थियो । नेपालको लागि ओपनर सिता राना मगरले ४२ रन जोडिन । यस्तै कप्तान रुबिना क्षेत्रीले अविजित ३३ रन बनाईन् ।
नेपालले अब दोस्रो खेलमा फेब्रुवरी २१ मा आयोजक थाईल्याण्डसँग खेल्नेछ । नेपालले युएईसंग फेब्रुवरी २२ र हङकङसंग २४ फेब्रुवरी, फेब्रुवरी २५ मा चीन र अन्तिम खेलमा कुवेतसंग फेब्रुवरी २७ मा खेल्नेछ ।















प्रतिक्रिया