४ कार्तिक २०८३, बुधबार

सीएमए पढे सैनिक भए, देश चिनाउने खेलाडीमा कहलिए

26.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । २६ बर्षका भए गुणराज रुचाल जो नेपाली सेनामा कार्यरत छन् । त्रिभुवन आर्मी क्लवमा रहेका रुचाल ओखलढुंगाको सुनेकासी गाउँपालिका–४ मा जन्मिएका हुन् ।

८ मंसिर, २०४९ मा खड्ग रुचाल र फूलमाया रुचालले जन्माएका गुणराजमा खेलप्रतिको अत्यन्तै विलक्षण भने १० बर्षको उमेरमा देखिएको थियो । उनले त्यसबेला कराँते खेल एक महिना सिके ।

५ बर्ष अघि मात्र उच्च माध्यमिक शिक्षा अध्ययन सकेका गुणराज ०६९ सालमा नेपाली सेनामा भर्ती भए । तर उनको खेलप्रतिको रुचीले बिट मारेको थिएन । जीन्दगी चलाउनका लागि जागिर आवश्यक रहेको ठानेका उनी भन्छन्,‘बीचमा छाडेको कराँतेको प्रशिक्षण मैले सेनामा भर्ती हुनु अघि नै जारी राखेको थिएँ । ०६८ सालमा नै म कराँते खेलमा पुनः भर्ती भएको थिएँ ।’

त्रिभुवन आर्मी क्लवमा आवद्ध रहेका उनमा स्वास्थ्य सेवा गर्ने रहर थियो । त्यसैले ०६४ को एसएलसी सकिना साथ प्राविधिक विषय सीएमए अध्ययन गरे । खेलका कारण बीचमा केही बर्ष लागे पनि अन्ततः ०७० मा उनले उच्च माध्यमिक शिक्षामा सफलता हात पारेका थिए ।

कराँतेमा अब्बल रहेका उनले ‘आइकिडो’ खेलको प्रशिक्षण भने गुरु धन गुरुङबाट लिएका थिए । भन्छन्,‘खेलप्रतिको मेरो रुची कहिले पनि मरेन । मभित्र एउटा देश चिनाउने खेलाडी बन्नुपर्छ भन्ने फरक मान्यता अध्ययनसँग बाँचीरहेको थियो ।’

उनको इच्छाका अगाडी मिहनेतमा ब्रेक लागेन र अन्ततः ०७२ सालमा क्योकुसिन कराँतेमा उनले कालो पेटी (ब्ल्याक बेल्ड) बाँधेरै छाडे । त्यसपछि उनको खेलको अर्को खुड्कीलो सुरु भयो– मुवाथाई । मुवाथाई सुरु गरेकै बर्ष उनी थाइल्यान्डमा भएको विश्व प्रतियोगितामा भाग लिने अवसरबाट चुकेनन् । उनको त्यहि खेलको मापन गर्दै राष्ट्रिय संघबाट ‘प्लेयर अफ द इयर २०१६’ बाट सम्मानित भए ।

‘त्यसपछि मेरो खेलको गति रोकिएन । म निरन्तर खेलप्रति इमान्दारीताका साथ देशको नाम अझ उँचो राखौं भन्ने अभिमानमा अगाडी बढ्न थालें’, उनी भन्छन् ।

लक्ष्य जस्तो थियो, प्राप्ति त्यस्तै हुँदै गयो । सन् २०१८ मा भएको ‘इन्डो नेपाल मुवाथाई च्याम्पियनसीप’मा भारतीय खेलाडीलाई पराजित गर्दै उनी गोल्ड मेडल जित्न सफल भए । त्यसैबेला उनलाई नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान पनि गरेका थिए । सम्झन्छन्,‘मैले यो सम्मान पाउन सक्ने लक्ष्य राखेको थिएँ, विश्वासचाहिँ पाएपछि भयो ।’

खेल जीवनको यात्रा ठानेका उनले सन् २०१८ मा थाइल्यान्डमा भएको अर्को च्याम्पियनसीपमा भाग लिने मौका पाए । अक्टोबर महिनामा नेपालमा भएको ‘थर्ड के ब्याग अन्तर्राष्ट्रिय च्याम्पियनसीप’मा पनि भारतीय खेलाडीलाई पराजित गरे । त्यसबेला पनि उनको पोल्टामा गोल्ड मेडल आइ लाग्यो ।

खेल हो, अनेक दुर्घटना हुन्छन् । तर, उनको लक्ष्य कहिले पनि घाइते भएन । सोही बर्षको अन्तिम (डिसेम्बर) महिनामा कम्बोडियामा भएको दोस्रो विश्व कुन खमेर च्याम्पियनसीपमा उनी सहभागी भए । तर, त्यसबेला उनको हात फ्याक्चर भयो ।

उनले अवार्ड पाउने क्रम भने रोकिएन । २०१९ को जनवरीमा नेपाल राष्ट्रिय मुवाथाई संघबाट दोस्रो पटक मुवाथाई प्लेयर अफ द इयर २०१८ को सम्मान गुणराजले नै पाए ।

खेल क्षेत्रका अनेक विविधतामा उनको सहभागीता र प्रशिक्षण रहँदै आएको छ । मुवाथाईबाहेक उनी फस्र्ट फायर स्टिक ब्वाई, करातेको ब्ल्याक बेल्ट सआइकिडोको ब्ल्याक बेल्ट, रेस्लिङ्गको रेफ्री, जुडो अनि बक्सिङ्ग अनिब्किक बक्सिङका पनि जानकार छन् ।

उनी खेल जीवनमा अगाडी रहेजस्तै सैन्य सेवाको नेपथ्यमा पनि छैनन् । नेपाली सेना हुनुमा गर्व गर्ने उनी भन्छन्,‘नेपाली सेनाले विश्वमा नाम कमाएको, नेपालको नाम चिनाएका अन्य विधा छन् । मलाई पनि खेल क्षेत्रबाट सेना र देशको नाम उज्वल बनाउने रहरले जरा गाडीसकेको छ । अझ मिहिन मिहनेत गरेर अघि बढ्ने लक्ष्य राखेको छु ।’