८ कार्तिक २०८३, आइतबार

पानीजहाजको कार्यालय बन्द, कर्मचारी नै छैनन

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । कोशी नदीमा पानी जहाज चल्ने मिति तय गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट पानी जहाजको टिकट पाउने काउन्टर खुल्ने कुरामा यसअघि ढुक्क हुन आश्वासन दिएका थिए । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

तर, त्यसअनुरुप नभएपछि उनको अभिव्यक्तिको तीव्र आलोचना हुन थाल्यो । ‘पानीजहाजको टिकट कहाँ, कहिले काट्न पाइन्छ’ भन्नेको लर्को सामाजिक सञ्जालमा बेस्सरी देखियो ।

यसैलाई चिर्न सरकारले हतार गरेर एकान्तकुनामा रहेको काठमाडौं रिङरोड योजनाको कार्यालयमा फागुन २ गते प्रधानमन्त्री ओलीले पानीजहाज कार्यालयको उद्घाटन गरे तर, कार्यालयलाई चाहिने कर्मचारी भने अझै पूरा गर्न सकेको छैन ।

सरकारले उक्त पानीजहाज कार्यालयमा एक जना इन्जिनियरिङ सेवामा कार्यरत रजिस्ट्रारको नेतृत्वमा १५ कर्मचारी रहने गरी १६ जना कर्मचारीको दरबन्दी तोकेको छ ।