८ कार्तिक २०८३, आइतबार

फास्ट ट्रर्‍याक निर्माण : बागमती करिडोरमा तीन किमि सडक

5.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । काठमाडौं–निजगढ दु्रतमार्ग (फास्ट ट्रर्‍याक)अन्तर्गत करिब तीन किलोमिटर सडकखण्ड बागमती नदीको दुवै किनारमा बन्ने भएको छ ।

फास्ट ट्रर्‍याकका लागि आवश्यक २५ मिटर चौडा सडक खन्न ठुल्ठूला पहाड फोर्नुपर्ने भएकाले दुवैतर्फको करिडोरमा सडक बनाइने भएको हो ।नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

नेपाली सेनाका अनुसार एउटा लेन मकवानपुरको काप्राङ हुँदै छालाटार र अर्को ललितपुरको घुसेल हुँदै छालाटारको २५ मिटर चौडा सडकमै पुगेर जोडिनेछ । मकवानपुरको काप्राङ र ललितपुरको घुसेलदेखि छालाटारसम्मको लम्बाइ करिब तीन किमि छ ।

नेपाली सेनाको मकवानपुर सिस्नेरी क्याम्पका प्राविधिक सुवेदार तुलाराम खड्काले ठूला पहाड काट्नुपर्ने भएकाले बागमती करिडोरमा किमि सडक निर्माण गर्न लागिएको बताए ।

‘फास्ट ट्रर्‍याकअन्तर्गत यो खण्डमा साँघुरो भएकाले सडकमार्गका लागि ठाउँ पर्याप्त भएन, दुवैतिर ठुल्ठूला पहाड फोड्नुपर्ने भयो,’ उनले भने, ‘२५ मिटर चौडा सडकका लागि आवश्यक ठाउँका लागि पहाड फोड्दा कमजोर हुने र भविष्यमा भूक्षय निम्त्याउन सक्ने भएकाले नदीको दुवै किनारबाट दुई लेन सडक निर्माण गर्न लागिएको हो ।’

नेपाली सेनाका अनुसार फास्ट ट्र्याकअन्तर्गत मकवानपुरको सिस्नेरी खोलामा ‘कर्भ ब्रिज’ निर्माण हुनेछ । नेपालमै यो पहिलोपटक बन्न लागेको हो । ललितपुर हुँदै जाने सडकमा भने ‘कर्भ बिज्र’ बन्नेछैन । ‘सिस्नेरी खोलामा कर्भ ब्रिज बनाउनेछौँ । यो नेपालमै पहिलो प्रयोग हो । सोहीअनुसार काम अघि बढेको छ,’ प्राविधिक सुवेदार खड्काले भने ।

सेनाका अनुसार खोकनाबाट सुरु भएको सडक मक्खुबेँसी हुँदै मकवानपुर भएर बग्ने बागमती नदीको किनारै किनार जाने भएकाले ललितपुर तर्न घुसेलमा साधारण खालको पुल निर्माण हुनेछ । करिब तीन किमि दूरीपछि मकवानपुरको छालाटार जोड्ने स्थान फेरि अर्को पुल निर्माण हुनेछ ।