४ कार्तिक २०८३, बुधबार

डीपीएल : दुई पटकको विजेता धनगढी बाहिरियो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । धनगढी स्टार्स तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटबाट बाहिरिएको छ । यसअघिका दुवै संस्करणको विजेता छोली धनगढी यो पटकमा भने एउटा खेलमा पनि जित निकाल्न सकेन ।

सोमबार भएको खेलमा रुपन्देहीसँग ३९ रनले पराजित भएपछि धनगढीको डीपीएल यात्रा सकिएको हो ।

१५ ओभरमा छोट्याइएको खेलमा रुपन्देहीले दिएको १०७ रनको लक्ष्य धनगढीलाई निकै कठिन बनेको थियो । धनगढी १४ ओभरमै ६७ रन बनाउँदा अलआउट भयो ।

धनगढीका लागि पवन सर्राफले १५, कप्तान सोमपाल कामीले ११ र सन्दीप रजालीले १० रन बनाए ।

यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित १५ ओभरमा सबै विकेटको क्षतिमा १०६ रन बनाएको थियो । रुपन्देहीका सुमित महर्जनले ३३, विनोद भण्डारीले २४ र बाबर हायातले १९ रन बनाए ।