म्याग्दी, ६ फागुन । बेनी नगरपालिका, २ तमानेकी ७५ वर्षीय जमुना सुनार शौचालयमा बसेर दुई नातीलाई हुर्काइ पढाई गर्दै आएकी छिन् ।
सुकुमबासी परिवारकी जमुनासँग बस्ने घर छैन । दुई छोरालाई आफ्नो जिम्मा लगाएर उनका कान्छा छोराबुहारी बेखबर भएपछि वृद्धा जमुनाकाको काँधमा नौ र सात वर्षीय नातिहरूको पालनपोषणको जिम्मेवारी आइपरेको हो ।
गत मंसिरदेखि बगरफाँटको सरस्वती आधारभूत विद्यालयको प्रयोगबिहीन शौचालय उनीहरूको घर बनेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
कान्छा छोरा राजु दोस्रो बिहे गरेर बेखबर भएपछि नौ वर्षीय एनस र सात वर्षीय सिमसन दुई नातीलाई दुई वर्षदेखि आफैँले हेर्ने गरेको जमुनाले बताइन् ।
बाबा र आमाले नै दोस्रो विवााह गरेर छोराहरूलाई अलपत्र पारेपछि नातीहरूको हुर्काइ पढाई आफ्नो काँधमा आएको उनको भनाई छ ।















प्रतिक्रिया