
काठमाडौं, ४ फागुन । धनगढी प्रिमियर लिग(डीपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबारको खेल वर्षाका कारण रद्द भएको छ । विराटनगर किंग्स र काठमाडौं गोल्डेन्सबीच शनिबार विहान हुने भनिएको खेल शुक्रबारदेखि लगातार परेको पानीका कारण खेल मैदानमा पानी जम्दा प्रभावित भएको हो ।
शनिबारको खेल रद्द भएसँग दुवै टोलीले १/१ अंक बाँडेका छन् । काठमाडौंको ३ खेलमा २ जितसहित ५ अंक भएको छ । विराटनगरको ४ खेलबाट ४ अंक जोड्दै चौंथोमा रहेको छ ।
शनिबारको दोस्रो खेलमा धनगढी स्टार्स र महेन्द्रनगर यूनाइटेड दिउँसो एक बजेका लागि तय भएको छ । यी दुई टोलीबीचको खेल पनि हुने सम्भावना कम रहेको छ ।















प्रतिक्रिया